मुख्य वचन

भजनसंग्रह 102:27 [तर तपाईं त एकैनासका हुनुहुन्‍छ, र तपाईंका वर्षहरूको अन्‍त्‍य नै हुँदैन।]


भुमिका 

परमेश्वर एकैनास हुनुहुन्छ तर, हाम्रा बर्षहरुको अन्त्य हुन्छ, हाम्रा दिनहरु पुराना हुन्छन्, अनि हाम्रा कुराहरु थोत्रा हुन्छन् । तर, जब पुरानो बित्छ तब नयाँ आउँछ । हिजो बितिगयो, आज नवीन दिन उदाएको छ, अनि नयाँ बर्ष आएको छ । 


जस्तै भएपनी पुराना कुराहरुले हामिलाई सिख दिएका छन् , अनि कतिपय पुराना कुराहरु असल र अविस्मरणीय थिए जसलाई हामी कायम राख्नु र सम्झिनु पर्छ । तर कति कुराहरू, हाम्रा लागि पुराना र काम नलाग्ने भएका छन् । तिनलाई यो 


शन्दर्भ

नयाँ बर्ष नयाँ कुरा


अवलोकन र अनुवाद

हाम्रो मन सबैभन्दा मुख्य कुरा हो, जसद्वारा हामी सम्हालिन्छौँ र बिग्रीन्छौँ पनि । हामी संसारका खराब चालचलन र ढाँचाहरुमा चल्नाले हाम्रो मन अथवा सोचाइ त्यसतर्फ लाग्छ, र जसबाट पछी मन अथवा सोचाइ फिर्न धेरै गाह्रो पर्छ, त्यसैले - संसारको ढाँचामा नचलेर हामी, 

१) सोचमा नयाँ हुनुपर्छ ।  ( Action : नयाँ सोच )



पुराना खराब चालचलन वा ढांचासँग सम्बन्धित सोचहरु त्यागेर, हामी हाम्रो मन अथवा सोचाइमा र तिनका वर्तावमा नयाँ हुनु पर्दछ, जसपश्चात हामीले तयार भइ परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर्नु पर्दछ । अर्थात,

२) स्वभावमा नयाँ हुनुपर्दछ । ( Action : नयाँ स्वभाव )



हाम्रो मन - सोचाइ अनि स्वभाव परमेश्वरमा नयाँ हुँदा कति सुन्दर हुन्छ । त उहाँ सर्वशक्तिमानमा भएका हाम्रा बल अनि शक्तिहरु चाहिँ संसारको अरु र अरु कुराहरुका आशा र भरमा पुरानै, कमजोर र थकित रहनु उचित हुन्छ र ? त्यसैले हाम्रो आशा परमप्रभुमा राखेर हामी,

३) शक्तिमा नयाँ हुनुपर्दछ । (Action : नयाँ शक्ति )



सन्देश

हरेक पुरानो बर्षको बिदाइ र नयाँ बर्षको आगमनले हाम्रो पार्थिव आयु वा उमेरको अथवा यिनको सिमिततालाई याद दिलाउला, तर यसले महत्वोपुर्ण रुपमा पर्मेश्वरको र उहाँमा भएको हाम्रो स्वर्गीय अनन्तताको खुशि मनाउन सन्देश दिँदैछ । त्यसैले हामी यो नयाँ बर्षमा पुराना खराब कुराहरुलाई त्यागेर, नयाँ सोच, नयाँ स्वभाव र नयाँ शक्ति सहित प्रभुमा जीवनलाई अगाडि बढाऔं ।

ac1