परमप्रभु मेरो गोठालो 
पुनः जीवित पार्छन 
शान्त पानी छेउ डोर्याउँछन
पुनः जीवित पार्छन 

साँच्चै, तिम्रो भलाई र कृपाले पछ्याइरहेछन
जीवनका मेरा सारा दिनहरु...

मृत्युमय घाटीमा हराए पनि, भयभित हुन्न
मौनताले मलाई घेरे पनि , तिमि छौ सुन्न 
बिछोडिएकोझैँ लागे पनि तिमी हुन्छौ थाम्न 

शिर उठाई आँसु पुस्छौ 
पुनः जीवित पार्छौ 
तिम्रो अंगालोमा तान्छौ
पुनः जीवित पार्छौ 

साँच्चै तिम्रो भलाई र कृपाले पछ्याइरहेछन
जीवनका मेरा सारा दिनहरु...

मृत्युमय घाटीमा हराए पनि, भयभित हुन्न
मौनताले मलाई छोपे पनि , तिमि छौ सुन्न 
बिछोडिएकोझैँ लागे पनि तिमी हुन्छौ थाम्न (X2)

पुनः जीवित पार्छौ ...